–आभास–

–आभास–

–गैराघरे

तिमिप्रतिको मेरा अमिट मायाहरु
तिमीबाट प्रदित हैनन, नत मबाट अपहरित नै
ती त तिमिबाट अज्ञात रुपमा तप्किएका हुन
जो मैले थोपा थोपा बटुलीरहें

यसको आभाष न तिमीले पायौ
नत अरु कसैले किनकी
यो मरो धड्कनको अमूर्त भाषा हो
जो मैले मात्र सुनिरहें

अझ भनौं ती तिमीले न सिंचेका,
नटेकेका, नदेखेका मेरा मनका
बगैंचाका फूलहरु हुन
जो मैले माला बनाइ उनिरहें

यो एउटा विजुलीको लामो धर्सो हो
जो मेरो छातिबाट हिंड्ने गर्छ
हरपल कलेजो चिर्दै, धड्कनमा अवरोध ल्याउछ
सम्झें यहि माया हो, त्यसैले सहिरहें

यो आभाष नदिनुमा मिठास मानें
ठाँने अप्राप्तीय प्रेम सर्वश्रेष्ठ हो
कुनै शिशिरमा तिम्रो वृक्षबाट खुसुक्क झरौंला
यहि सङ्कल्पमा म बाँचिरहें वश बाँचिरहे