प्रिय कविता !

– गैराघरे

प्रिय कविता !

म तिमीलाई
मिल्काइएका
धुस्रा फुस्रा अक्षरहरु जोडेर
निर्माण गर्दैछु

मूना लुछेर बनाउँन चाहिंन
झरेका पातहरु बटुल्दैछु
जो वेवास्तामा थियो
त्यसैलाई सम्हाल्दै छु

मेरो फूलवारीको परिकल्पनामा
आगो लिएर नआउँनुु
तिमीले यहाँ शुन्दर जीवन दिनुपर्छ
सतवीज लिएर आउँनु

त्यसैले तिमीलाई मैले बारुदको वनाइँन
घमण्ड र हठको बनाउँन चाहिंन
म तिमीबाट आफ्नो उचाइ हैन
आँफूबाट तिम्रो उचाई चुल्याउदैछु