वारुदी गिदी

–गैराघरे

छरपष्ट आशाहरु
समयसँगै ओइलाई रहँदा
आश्वासनका खेतिवाला वकम्फूसेहरु
चिल्लोकारभित्र धारिलो पोशाकले
अझै सपनाका घाँटी रेट्छन ।

हिमाल हाँस्दै उत्तर लाग्ला
मैदान नाच्दै दक्षिण जाला
पहाडले कैयौं अनमिने बूट सहनगर्ला
तर
मातृत्वरक्षाका ठेकेदारहरु
साप्टा र वोतल हातमा लिई
अस्तित्वको मलामी जानेछन
विदेशी फिल्टर चुरोटले
राष्ट्रियताको चिता जलाउनेछन ।।

भू–माफियाहरुको चुंगुलमा
सन्तती बे–घरवार वनिरहँदा
चार पैसा कमिसनमा
दाह्रा ङिच्याउछन
आफ्नै घर पहुँच वाहिर छ
सिमाना मिचिएको के कुरा
आनाका मूल्यमा मख्ख
विस्तारवाद विरोधि क्रान्तिकारीहरु ।।।

प¥ख्यौली अंशमा चारैसुरबाट
सद्यारहरु कोदालो वर्षाउदाछन
मेरा अनुजहरु कानमा तेल थप्दाछन
झुसुलकिरा को चरित्र देखाउँदाछन
फेद ढले पनि पात हरियो देखेसम्म
खान नछोड्ने,
रोग, भोक, सोकले तिलमिलाएको
मेरो वारुदी गिदी विष्फोटको संघारमा छ ।।।।