Ghazal

नजिकिनु भन्दा बरु टाढै बस्नु वेश ।
दुरी हट्दा दुनियाँको दुखेको छ केश ।।

के चाहिन्छ विश्वास गर्न आँखा चिम्लिएर,
रिसाउनुको विकल्पमा आफ्नो राय पेश ।।

खुसीहुँदा त्यहि पत्थर पुज्ने पनि उही,
फोर्न खोज्ने पनि उही जब लाग्छ ठेश ।।

सरकारसँग दुस्मनी छ न त घरबारै छ,
वितृष्णा छ तर पनि चाहिँदो रैछ देश ।।

अरुको त के कुरा खै आफ्नै मनले लुट्छ,
अपुरा यि चाहनाले पारे मलाई शेष ।।