सस्ता र सहज आयोजना निजी क्षेत्रलाई दिन लागिएकामा आपत्ति

सस्ता सहज आयोजना निजी क्षेत्रलाई दिन लागिएकामा आपत्ति

 (रमेश लम्साल)

काठमाडौँ, २२ असार । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील पाँचवटा विभिन्न कर्मचारी सङ्घ तथा सङ्गठनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ९० मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजनाको अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेका छन् ।

माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको अवस्थामा सोही आयोजनाभन्दा केही किलोमिटरमाथि मात्रै रहेको सो आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई नदिई एक निजी कम्पनीलाई दिन लागेकामा आपत्ति रहेको बताउनुहुन्छ कर्मचारी कल्याण परिषद्का अध्यक्ष अमृतबहादुर खापुङ ।